लायन्सद्वारा मर्निङ वाक गर्ने बाटोको स्तरोन्नति

Read Time = 2 mins

काठमाडौं । लायन्स क्लब डिस्ट्रिक एचअन्तर्गतका दुईवटा क्लब काठमाडौं बागमती र रानीपोखरीले सिनामंगलबाट एयरपोर्टतर्फ बटुवा हिँड्ने बाटो पुनस्र्थापना र सुधार कार्यको पाचौं र अन्तिम हप्ताको कार्य सम्पन्न गरेका छन् ।

सिनामंगलबाट एयरपोर्ट गेटसम्मको हिँड्नयोग्य बाटो निर्माण गरिएको हो । लायन्स क्लबका अनुसार मर्निङ र इभिनिङ वाक गर्न व्यायामका लागि बनाइएकोे उक्त बाटो सम्भवतः काठमाडौंकै पहिलो हो । यहाँ साँझबिहान थुप्रै स्थानीय बासिन्दाहरू स्वास्थ्यका लागि हिँड्डुल गर्ने गर्छन् । झाडी र काँडेझार बढेर हिँड्न कठिनाइ भई बटुवा नै कम भएको अवस्थामा लायन्स क्लबले मर्मतसुधार गरेको हो ।

साउन २१ गतेदेखि सुरु भएको सफाइ कार्य वातावरण संयोजक लायन सौरभ श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको हो । उक्त बाटो सफा गर्ने मुख्य निकाय वडा कार्यालय र नगरपालिकालाई ध्यानाकर्षण गराउन पनि सफाइ कार्य गरिएको उहाँको भनाइ छ ।

करिब एक सय ५० मिटर काँडेझार सफा गरी हालसम्म लगभग एक किलोमिटर बाटो सफाइ गरिएको आयोजकले जनाएको छ । लायन्स क्लब अफ रानीपोखरीका लायन्स नारायणी लामिछानेले आफूहरूले सुरु गरेपछि नेपाल आयल निगमका कर्मचारीले पनि आफ्नो प्रांगणमा सफा गरेकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन थोरै भए पनि सफल भएकोमा खुसी लागेको बताउनुभएको छ । वातावरण संरक्षणमा लायन्सहरूको प्रयास सराहनीय रहेको ड्रिस्टिक गभर्नर लायन दिनेश श्रेष्ठले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?