यस्तो छ तपाईंको भाद्र १९ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र १९ गते आइतबार, ई.सं.- ४ सेप्टेम्बर, २०२२ । तिथि- भाद्र शुक्लपक्ष अष्टमी, ७ः३६ बजे उप्रान्त नवमी, नक्षत्र- ज्येष्ठा, योग- विष्कम्भ, करण- वव, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ५ः४४, सूर्यास्तः १८ः२० ।

मेष : कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् ।

वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मिथुन : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

तुला : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

वृश्चिक : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।

मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कुम्भ : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?