केसीको सक्रियतामा टीकाथली सडक निर्माण तीव्र

हिमालय टाइम्स
Read Time = 4 mins

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथलीमा नेपाली कांग्रेसबाट उम्मेदवार भई वडा अध्यक्ष निर्वाचित हुनुभएका अधिवक्ता कपिल केसीले अहिले नगरका काममा सक्रियता देखाउन थाल्नुभएको छ । उहाँले टीकाथली गोदावारी पुलदेखि खरिबोट भगवती मन्दिर बालकुमारी बालकोट सडक खण्डसम्मको २४ फिट बाटो निर्माणको कामलाई तीव्रता दिनुभएको हो । अहिले सडक निर्माणको काम चलिरहेको छ ।

यसअघि यहाँको वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमाले समर्थित राजकुमार सिलवाल रहनुभएको थियो । उहाँले उक्त सडकमा काम गर्न नसकेको गुनासाहरू आएका थिए । सडक निर्माणको विषयलाई लिएर स्थानीयले पटक-पटक आन्दोलनसमेत गर्नुपरेको थियो । सिलवालले तत्कालीन समयमा टीकाथली गाउँ विकास समिति र महालक्ष्मी नगरपालिका-५ मा गरी २५ वर्ष बिताउनुभएको थियो । तर, पनि उहाँले नगरवासीको समस्यामा कम ध्यान दिएको गुनासो स्थानीयले गर्ने गरेका थिए । त्यसैको परिणाम यहाँ स्थानीयले केसीलाई वडा अध्यक्षको जिम्मेवारी सुम्पिन पुगेका थिए ।

केसीले स्थानीय निर्वाचनमा पिउने पानी, सडक बत्ती, बाटो, ढल, शिक्षा र स्वास्थ्यका विषयमा एजेण्डा बनाउँदै नेपाली कांग्रेस पार्टीको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो । पूर्व-वडा अध्यक्ष राजकुमार सिलवालले प्रत्येक घरबाट पचास÷पचास हजार रुपैयाँ संकलन गरी घट्टेकुलो र राजकुलोमा परेका स-साना बाटाहरू बढाउने र ढलपाइप बिच्छ्याउने कार्य योजना बनाउँदै रकम संकलन गरे तापनि कार्य सम्पन्न गर्न सक्नुभएको थिएन ।

विगतमा स्थानीय टोलवासीको सक्रियतामा भित्री बाटोको स्तरोन्नतिका लागि टीका रिजालको पहलमा दश लाख रुपैयाँ राज्यबाट सहयोग भएको भए तापनि राम्रो हुन नसकेकोमा चिन्तित बनेका टोलवासीहरू वडा अध्यक्ष केसीको नेतृत्वमा रहेको वडा समितिका पदाधिकारहरूको सक्रियता देखेर खुसी भएका छन् ।

टीकाथली सेतीनाग कोलोनी मार्गको बाटो र आदर्श टोलको बाटो स्तरोन्नति गर्दै सिमेन्ट ब्लक बिच्छ्याउने कार्य सम्पन्न भएको छ भने रोकिएको टीकाथली गोदावारी पुलदेखि खरिबोट भगवती मन्दिर बालकुमारी बालकोट सडकखण्डको कामसमेत अहिले सुरु भएको छ ।
बालकुमारी बालकोट सडकखण्ड हिलाम्मे भएर हिँड्न नसक्ने भएको धेरै वर्ष भइसकेको थियो । बाटोको स्तरोन्नति गराउन वडास्तरबाट पहल गरे तापनि खासै केही प्रगति हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?