चुनाव केन्द्रित दल, देश दौडाहमा नेता

जहाँ शीर्ष नेता पुग्यो त्यहीँ पार्टी प्रवेश गर्नेको लर्को

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । चुनाव नजिकिएसँगै नेताहरूको देश दौडाह सुरु भएको छ । चुनाव केन्द्रित कार्यक्रम लिएर नेताहरू जिल्ला र निर्वाचन क्षेत्रमा पुगिरहेका छन् । अघिपछि प्रायः काठमाडौं केन्द्रित हुने नेताहरू चुनाव आउँदा भने गाउँघर पुग्न थालेका छन् । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुँदैछ । चुनावी अभियानमा सरिक हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पूर्वी नेपालमा छन् । ओलीले आफ्नो निर्वाचन क्षेत्रसहित पूर्वी नेपालका विभिन्न ठाउँमा चुनावीसभा र कार्यक्रम गरिरहनुभएको छ । ओली केही दिनअघि मात्रै पश्चिम नेपालको कैलाली-कञ्चनपुर पुगेर चुनावीसभा गर्नुभएको थियो । त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका माओवादी नेताहरू पनि उपत्यका बाहिर निस्किन थालेका छन् ।

चण्डसहितका नेताहरू पश्चिम नेपालको भ्रमणमा निस्किएका छन् । उनीहरूले पनि कर्णालीसहित पश्चिमका विभिन्न ठाउँमा चुनावी सभा–सम्मेलन गरिरहेका छन् । एमाले र माओवादी नेता मात्रै होइन कांग्रेस नेताहरू पनि जिल्ला केन्द्रित हुन थालेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा हुनुहुन्छ । कांग्रेसका अरू नेताहरू पनि जिल्ला केन्द्रित हुन थालेका छन् । प्रमुख तीन दलबाहेक अन्य पार्टीका नेताहरूले पनि काठमाडौं उपत्यका छोड्न थालेका छन् । चुनावको मुखमा नेताहरू जिल्ला र गाउँगाउँ पुगे पनि जितेपछि नफर्किने गरेको गुनासो मतदाताको छ । तर, नेताहरू भने चुनाव आएपछि मात्रै निर्वाचन क्षेत्र केन्द्रित हुने गरेका छन् ।

अरूकै कार्यकर्ता तान्ने होडबाजी, विप्लव नेकपाका नेतासमेत कांग्रेस प्रवेश
चुनाव केन्द्रित अभियानमा गाउँ पुगेका नेताहरूको ध्यान आफ्नाभन्दा अरू दलका नेता-कार्यकर्ता भित्र्याउनेमा छ । शीर्ष नेताहरू जहाँ पुग्छन् त्यहाँ पार्टी प्रवेश गर्नेहरूको लर्कै लाग्छ । अहिले सबै दलले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसमा पर्न सबै दलमा आकांक्षीहरूको लाइन छ । एउटा सिफारिस हुँदा अरू असन्तुष्टि हुने पुरानै राजनीतिक रोग हो । तिनैलाई विपक्षी दलकाले पहिलो सूचीमा राखेर आफ्नो पार्टीमा प्रवेश गराउने गरेका छन् । कतिपयलाई टिकट दिने त कतिपयलाई अन्य विभिन्न आश्वास दिँदै पार्टी प्रवेश गराउने गरेको पाइएको छ । प्रमुख ठूला दल मात्रै होइन साना भनिएका दलहरूले पनि चुनावको मुखमा ठूला पार्टीका नेता कार्यकर्ता भित्र्याउने गरेका छन् ।

शनिबार प्रमुख तीनै दलले एक-अर्को दलका नेता-कार्यकर्ता भित्र्याएका छन् । पूर्व पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न दलका नेता-कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएको छ । सुनसरीको दुहबीमा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका अशोक केसीसहित सय बढीलाई ओलीले एमालेमा स्वागत गर्नुभयो । उहाँले झापामा पनि नेकपा माओवादी केन्द्रका नेता विद्यानन्द राजवंशीसहित माओवादी, नेपाली कांग्रेस, मधेशवादी दलहरूबाट नेता-कार्यकर्ता एमाले प्रवेश गराउनुभएको थियो । पार्टी प्रवेश गराउने कार्यक्रममा ओली सुदूरपश्चिम पनि पुग्नुभएको थियो । कैलाली पुगेर ओलीले नेकपा एसका सुदूरपश्चिम अध्यक्षसहितका नेताहरूलाई एमाले प्रवेश गराउनुभएको थियो ।
यता, माओवादी र कांग्रेसले पनि अरू पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिरहेका छन् । मोरङका एमाले जिल्ला सचिवालय सदस्य बलभद्र सरदार थारूसहित नेताहरू शनिबार माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई खुमलटारमा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउनुभएको थियो । माओवादीले शुक्रबार मात्रै कर्णालीमा एमाले कार्यकर्ता भित्र्याएको थियो ।

वर्तमान व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको विप्लव नेतृत्वको पार्टीका नेता-कार्यकर्तासमेत कांग्रेस प्रवेश गरेका छन् । शनिबार विप्लव समूहका एकदर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराउनुभयो । कांग्रेस प्रवेश गर्नेमा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इञ्चार्ज रमेश परियारसहित हुनुहुन्छ । बिहीबार मात्रै एमाले कैलालीका तत्कालीन जिल्ला अध्यक्षसहितका नेता-कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहनुभएका पूर्वजिल्ला अध्यक्ष रतन थापासहित पूर्वसांसद हिमाञ्चल भट्टराईलगायत नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको थियो । स्मरणीय के छ भने प्रत्येक चुनावमा यसैगरी पार्टी प्रवेशको लर्को लाग्ने गरेको छ । गत स्थानीय चुनावमा पनि पार्टी प्रवेश गर्नेको लर्कै लागेको थियो । तर, त्यसको प्रभाव चुनावमा भने खासै देखिएन ।

माधव नेपाललाई एमालेमै फर्किन नेम्वाङको आव्हान
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमै फर्कन आ≈वान गर्नुभएको छ । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको भन्दै अध्यक्ष नेपाललाई एमालेमै फर्किन आवहान गर्नुभयो । एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा चार प्रतिशत मत पनि कटाउन नसकेको उहाँको भनाइ छ । अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार ग¥यो । तर, जनताले गरेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमै फर्केर आउनुहोस् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?