पीएसजीको जितमा एमबाप्पेको दुई गोल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फ्रान्सेली लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्टेसमाथि शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३–० गोल अन्तरले हराएको हो ।

पीएसजीलाई जित दिलाउने क्रममा किलियान एमबाप्पेले दुई तथा नुनो मेन्डेसले एक गोल गरे ।

१८औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो । ५४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ६८औं मिनेटमा मेन्डिसले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

खेलको २४ औं मिनेटमा नान्टेसका फबिओ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नान्टेस १० खेलाडीमा सीमित भएको थियो।

यो जितसँगै अपराजित रहेको पिएसजी ६ खेलबाट ५ जित र १ बराबीसँगै १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १६ अंक नै रहेपनि मार्से गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित नान्टेस ६ अंक जोडेर १०औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?