नेपाल चिनाउन जापानको नागोयामा फेस्टिबल

हिमालय टाइम्स
Read Time = 4 mins

-पूर्ण चलाउने

टोकियो। जापानको नागोया शहरमा नेपाल फेस्टिबल शनिबारदेखि शुरू भएको छ । यसअघि जापानमा यस वर्षको पहिलो फेस्टिवल टोकियो र दोस्रो फेस्टिबल फुकुओकामा सम्पन्न भइसकेका छन भने नागोया फेस्टिबल तेस्रो हो।

टोकियोको फेस्टिबल जुलाई ३० तारिखमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो भने फुकुओकाको फेस्टिबललाई अगष्ट ६ तारिख माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले उद्घाटन गर्नुभएको थियो ।

गैरआवासीय नेपाली संघ नागोया क्षेत्रीय समिति र नेपाली राजदूतावास जापानको संयुक्त आयोजनामा शनिबारदेखि शुरु नागोयाको नेपाल फेस्टिबल नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षा तथा संचार मन्त्री मिनेन्द्र रिजालले उद्घाटन गर्नुभएको छ ।

उद्घाटनक्रममा नेता रिजालले फेस्टिबलले नेपाली कला संस्कृतिलाई जापानी माझ चिनाउने बताउँदै सबै जापानवासी नेपालीप्रति आभार ब्यक्त गर्नुभयो ।

नागोया शहरका मेयर खावामुरा टाकासीले फेस्टिबललाई सम्बोधन गर्दै नागोया सहरले नेपालको सहरसँग भगिनी सम्बन्ध जोड्न चाहेको बताउनुभएको थियो ।

जापानी माझ नेपाल चिनाउने उद्देश्यले आयोजित फेस्टिबलमा नेपाली पहिचान सहितका विभिन्न झाकीहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा गुरुङ, तामाङ, राई, लिम्बु, मगरलगायत जातीको सांस्कृतिक प्रस्तुतीहरू पनि उतिकै आकर्षक थिए ।

फेष्टिवलमा कलाकारहरू सम्झना भण्डारी, बद्री पंगेनी र मंगोलियन हर्टका गायक राजु लामाले आफ्ना प्रस्तुतिहरू प्रस्तुत गर्नुभएको थियो । सम्झना भण्डारीले लोकगित प्रस्तुत गरेपछि नाच्न शुरु भएका दर्शकलाई बद्री पंगेनीको ससुरालीमा गितले थप मनोरञ्जन प्रदान गरेको थियो । मंगोलियन हर्टका गायक राजु लामाले पनि आधा दर्जन गीतहरू प्रस्तुत गर्नुभएको थियो ।

फेस्टिबलमा नेपालीका साथै जापानी नागरिकको पनि सहभागिता रहेको थियो । फेस्टिबल आजसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?