बारामा प्रहरी र डाँका बीच फायरिङ

हिमालय टाइम्स
Read Time = 2 mins

-संजीव कुमार मिश्रा
बारा । बारामा शनिबार राती प्रहरी र डाँकाबीच दोहोरो फायरिङ भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका-२३ स्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरी बीच शनिबार राती करिब साढे १२ बजे भिडन्त भएको हो ।

उद्योगमा डकैती गर्न डाँकाहरुको समूह आएको सूचना पाएपछि वरिष्ठ प्रहरी नायब निरीक्षक कमल बहादुर शाही नेतृत्वको प्रहरी टोलीसँग डाँकाहरुको भिडन्त भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी गराउनु भयो । डाँकाहरुको समुहबाट एक राउन्ड र प्रहरीको तर्फबाट तीन राउन्ड गोली चलेको प्रहरी उपरीक्षक बोगटीले बताउनु भयो ।

डाँकाहरुको रड प्रहारबाट वरिष्ठ प्रहरी नायब निरीक्षक शाहीको टाउँकोमा चाेट लागि घाइते हुनुभएकाे थियाे । उहाँकाे वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार भईरहेको प्रउ बोगटीले बताउनुभयो ।

११ जना डाँकाहरुको समूहले एरोटेक प्रालिमा डकैती गर्न गएको अनुसन्धानबाट खुलेको प्रउ बोगटीले बताउनुभयो ।

डकैती गर्न आएकाहरु मध्ये जितपुर सिमरा उमपहानगरपालिका-९ का ३५ वर्षीय जयराम पासवान र जितपुर सिमरा उपमहानगरपालिका-१० का ४० वर्षीय जवाहिर महतोलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले दुईजना डाँकाहरुलाई पक्राउ गर्न सफल भएको छ । डाँकाहरुको साथबाट तीन राउन्ड गोली, एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोल बरामद गरिएको उपरीक्षक बोगटीले जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?