अवैध लागूऔषधसहित पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बारा र कास्कीमा अबैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोग्रामसहित मकवानपुर मनहरी गाउँपालिका-७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका-१ चकरी बस्ने २० वर्षीय सुभाष लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ६९०६ नम्बरको मिनीट्रकलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याएको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका-१४ चाउथे कदममार्गस्थित खाजा घर संचालन गरी बस्ने धादिङ गल्छी गाउँपालिका-२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचनलाई १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा लागूऔषध विक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?