यस्तो छ आजको फलफूल र तरकारीको मूल्य

Read Time = 2 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार अदुवा, काउली, भेडे खुर्सानी, अकबरे खुर्सानी, चुकुन्दर, केरा, घिरौलादेखि स्याउसम्मको मूल्य घटेको छ ।

शनिबार प्रतिकेजी ९५ रुपैयाँ रहेको अदुवाको औसत मूल्य घटेर आइतबार प्रतिकेजी ७५ रुपैयाँ, कायम रहेको छ । स्थानीय काउलीको ८६ रुपैयाँ ६७ पैसाबाट घटेर ८५ रुपैयाँ, ५२ रुपैयाँ ५० पैसा रहेको र भारतीय ठूलो गोलभेडा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।

अघिल्लो दिन २५ रुपैयाँ रहेको घिरौला १७ रुपैयाँ ६७ पैसा, ५६ रुपैयाँ रहेको भेडे खुर्सानीलाई ४५ रुपैयाँ, ४३ रुपैयाँ ४० पैसा रहेको टनेल गोलभेडालाई ४२ रुपैयाँ ३३ पैसा, प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको हाइब्रिड काँक्रो ४५ रुपैयाँ पर्नेछ ।

यसैगरी शनिबार औसत मूल्य प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा रहेको केरा १२५ रुपैयाँ पर्नेछ । ९६ रुपैयाँ ६७ पैसा रहेको अकबरे खुर्सानी ९५ रुपैयाँ, ७६ रुपैयाँ ६७ पैसा रहेको चुकुन्दरलाई ७५ रुपैयाँ रहेको छ ।

यसअघि प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ३३ पैसा रहेको स्कुसको मूल्य आइतबार २७ रुपैयाँ ६७ पैसा, ५५ रुपैयाँको तने बोडी ७५ रुपैयाँ, ३२ रुपैयाँ ५० पैसाको लोकल सानो गोलभेडा ३२ रुपैयाँ ६७ पैसा, २६० रुपैयाँको कागतीलाई २६० रुपैयाँ मूल्य तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?