मुगु । मुगु जिल्ला अस्पतालमा पहिलोपटक पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जटिल प्रकारको पाठेघर खस्ने समस्या भई अस्पताल आएकी सोरु गाउँपालिका-६ की ७० वर्षीया मोतीउ रोकायाको विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यको नेतृत्वमा खटिएको टोलीले सफल शल्यक्रिया गरेको स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताउनुभयाे ।
उक्त शल्यक्रियामा चिकित्सक अर्जुन भाम, स्टाफ नर्स सुनीता वली र सिनियर अनमी रामदेवी केसीलगायतको चिकित्सक टोलीले रोकायाको पाठेघरको शल्यक्रिया गरेको उहाँले बताउनुभयाे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मुगु अस्पतालमा विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्यलाई पठाएपछि समान्यदेखि जटिल शल्यक्रिया अस्पतालमै हुन थालेको र पछिल्लो समय मुगुका बिरामीलाई बाहिरी जिल्ला रिफर गरिएको छैन ।
विगतमा सामान्य शल्यक्रियादेखि जटिल खालका बिरामी सुर्खेतदेखि नेपालगन्जसम्म जाँदा बिरामीहरूको उपचारमै लाखौँ रकम खर्च हुने गरेको थियो । तर, अहिले जिल्ला अस्पतालले विशेषज्ञ डाक्टर पाएपछि सहुलियत शुल्कमै बिरामीले शल्यक्रिया सेवा लिदै आएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको