जबरजस्ती संसदको आयू लम्ब्याउन खोजेपछि राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने

Read Time = 1 min

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै हुुनुहुन्छ । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्न लाग्नुभएको छ ।

सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लाग्नुभएको हो ।

‘आज बस्ने संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुनेछ,’ राप्रपा स्रोतले भन्यो ।

४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उहाँले सांसद पदबाट राजीनामा दिन लाग्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?