बाँदरको आक्रमणबाट बैतडीमा आमाछोरा घाईते

प्रतिकात्मक तस्बिर

Read Time = 2 mins

-डम्बर बोहरा
बैतडी । बैतडीमा बाँदरको आक्रमणबाट दुई जना घाईते भएका छन् । जिल्लाको पुर्चाैडी नगरपालिका ८ लामुनी टोलकी २८ वर्षीया झपु जोशी र उनका ११ वर्षीय छोरा लक्ष्मण आइतबार बिहान बाँदरको आक्रमणबाट घाइते बनाएका हुन् ।

मकैको रेखदेख गर्न आफ्नै बारीमा रहेका आमा छोरालाई बाँदरले आक्रमण गरी घाइते बनाएको स्थानीय हरिश साउदले जानकारी दिनुभयो । घाइते दुवैजनाको पुर्चाैडीको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

आमाको पाखुरा, घाँटी, अनुहार र ढाडमा चोट लागेको छ भने, छोरा लक्ष्मणको पनि खुट्टा र पेटमा चोट लागेको उपचारमा संलग्न हाट स्वास्थ्य चौकीका अहेव दिपेन्द्र धामीले बताउनु भयो ।

यस्तै पछिल्लो समयमा जिल्लाका किसानहरुले लगाएको मकैबाली जंगल जनावरले सखाप पार्न थालेको छ । मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा बँदेल दुम्सी बाँदर लगायतका अन्य जंगली जनावरहरुले खसाप पार्न थालेपछि भोकमरीको चिन्ता बढेको हो । अहिले अधिकांश किसानहरु खेतमै टहारा हालेर चौबिस घण्टा जागराम बस्ने गरेको पाटन ५ का भुवन पाण्डेयले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?