थप १४२ जनामा कोरोना संक्रमण, २३० जना संक्रमणमुक्त

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?