संसदको कार्यकालसम्बन्धी ल्याइएको विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको कार्यकालसम्बन्धीसहित ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि सामान्य छलफल सुरु भएको छ ।

आइतबारको प्रतिनिधिसभा दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ प्रस्ताव (विधेयक) राखेपछि सामान्य छलफल सुरु भएको हो ।

आइतबारको पहिलो बैठकमा मन्त्री शर्माले उक्त विधेयक पेस गर्नुभएको थियो । प्रतिनिधिसभाको कार्यकालबारे रहेको अन्योल चिर्नसहित उक्त विधेयक ल्याएको उहाँले दाबी गर्नुभएको थियो ।

अहिले जारी दोस्रो बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा सांसदहरुले आआफ्नो धारणा राखिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?