मुम्बई । टाटा समूहका पूर्वअध्यक्ष साइरस मिस्त्रीको मुम्बई नजिक सडक दुर्घटनामा निधन भएको छ । पालघर पुलिस स्टेशनले यो दुर्घटनाको पुष्टि गरेको छ । दुर्घटना हुँदा कारमा चारजना सवार रहेको प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
आयरल्याण्डमा जन्मिनुभएका साइरस मिस्त्री लण्डन बिजनेस स्कुलमा पढनुभएको थियो । उहाँ पल्लोनजी शापुरजीका कान्छो छोरा हुनुहुन्थ्यो । उहाँको परिवार आयरल्याण्डको सबैभन्दा धनी भारतीय परिवारमध्ये एक हो । साइरसले सन् १९९१ मा शापुरजी पल्लोन्जी एण्ड कम्पनीमा काम गर्न थाल्नुभएको थियो ।
उहाँ सन् १९९४ मा शापुरजी पल्लोनजी समूहको निर्देशकका रूपमा नियुक्त हुनुभएको थियो । साइरसको नेतृत्वमा, शापूरजी पल्लोन्जी एण्ड कम्पनीले ठूलो नाफा कमाएको थियो र यसको कारोबार २० मिलियन पाउण्डबाट बढेर करिब १.५ बिलियन पाउण्ड पुगेको बताइन्छ ।
कम्पनीले समुद्री, तेल-ग्यास र रेलवेको क्षेत्रमा काम फैलाएको छ । यस अवधिमा यस कम्पनीको निर्माण कार्य दशभन्दा बढी देशहरूमा फैलिएको थियो । साइरसको नेतृत्वमा, उहाँको कम्पनीले भारतमा सबैभन्दा अग्लो आवासीय टावर निर्माण, सबैभन्दा लामो रेल पुल निर्माण र सबैभन्दा ठूलो बन्दरगाह निर्माणसहित धेरै प्रमुख रेकर्डहरू स्थापित गरको छ । साइरस सन् २००६ मा टाटा सन्सको बोर्डमा सामेल भए । वरिष्ठ पत्रकार एमके भेणुका अनुसार टाटा सन्सको अधिकांश शेयर साइरस मिस्त्रीको परिवारसँग छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका