‘मायाको ढोका खोलिदेउ’ लोकार्पण

Read Time = 2 mins

काठमाडौं । विरही कार्कीको गीति संग्रह ‘मायाको ढोका खोलिदेउ’ एक लोकार्पण गरिएको छ । म्युजिक खबरको आयोजनामा वरिष्ठ संगीतकार नारायण रायमाझीको प्रमुख आतिथ्यतामा उक्त संग्रहको राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।

समारोहमा विशेष अतितिका रूपमा गीतकार डा.राजुबाबु श्रेष्ठ, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, सञ्चारकर्मी एवं सामाजिक अभियन्ता कृष्ण कँडेल, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, स्मार्ट फोरके टेलिभिजनका समाचार प्रमुख सरोज कोइराला, गायिका अञ्जु पन्त, अभिनेत्री शिल्पा पोखरेल, मोडल सागर लम्साल बलेलगायतको उपस्थिति थियो ।

सार्वजनिक गीतमा गायक विरही कार्कीको साथमा लोकप्रिय गायिका अञ्जु पन्तको स्वर छ । गीतको शब्द तथा संगीत गायक कार्कीको नै छ । श्यामश्वेत रसाइलीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

शंकर बिसीको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोमा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलको अभिनय छ । करण चैसिरले छायांकन गरेको भिडियामानवीन घर्ती मगरको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?