मानव पुस्तकालयको तेस्रो शृंखला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । मानव पुस्तकालयको तेस्रो शृंखला सम्पन्न भएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजका सभापति हरिभक्त सिग्देल महेशको सभापतित्वमा सम्पन्न भएको यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वप्रशासक तथा कूटनीतिज्ञ डा.दनकुमार भट्टराई रहनुभएको थियो भने विशेष अतिथिका रूपमा अर्बुद रोग विशेषज्ञ डा.गिसुपनिख प्रसिको रहनुभएको थियो ।

नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधारामा सम्पन्न उक्त कार्यक्रममा यस पुस्तकालयका संस्थापक विष्णुप्रसाद पन्त अतिथि रूपमा रहनुभएको थियो । कार्यक्रमममा साहित्यकार रामप्रसाद पन्त, ठाकुर शर्मा भण्डारी, तिलकप्रसाद लुइँटेल, विनोद दाहाल वत्स, दुर्गाप्रसाद अधिकारी भमरकोटे, महेश रिजाल, सुचिता काफ्लेलगायतको उपस्थिति थियो ।

कलानिधि दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमा पूर्वसचिव तथा कूटनीतिज्ञ मदनकुमार भट्टराईले आफू कार्यरत रहेका बेलाका अनेक दृष्टान्त तथा अनुभवहरू प्रस्तुत गर्नुभएको थियो । यसैगरी डा.गिसु प्रसिकोले पनि बिरामी परीक्षणसम्बधी आफ्ना अनेक अनुभवहरू व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?