अकुपञ्चर संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेपाल अकुञ्चर, मोक्सिबुसन तथा अकुप्रेसर संघले अकुपञ्चरिस्ट विशाल श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न संघको १९औं साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा अकुपञ्चरिस्ट सुवास ढकाल, महासचिवमा डा. विजय ज्ञवाली, कोषाध्यक्ष अकुपञ्चरिस्ट रामदेव महतो र सदस्यमा अकुपञ्चरिस्ट रविता कंसकार, अकुपञ्चरिस्ट कैलाश सिं थारु र अकुपञ्चरिस्ट रचना भट्टराईलाई चयन गरेको हो ।

अकुपञ्चर उपचार पद्धतिलाई समयानुकूल र वैज्ञानिक तवरले विकास गरेर लैजानुपर्ने समितिका महासचिव डा. ज्ञवालीले बताउनुभएको छ । सो अवसरमा पूर्व अध्यक्षहरू सुदर्शन बस्नेत, ईश्वरराज बलामी र श्याम महर्जनको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?