११ सहकारी मर्ज हुँदै

Read Time = 2 mins

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ११ सहकारी संस्था मर्ज हुने भएका छन् । मेगा ड्रिम बहुउद्देश्यीय, शुक्रपथ बहुउद्देश्यीय, हनुमानढोका बहुउद्देश्यीय, पिपुल श्रोता बहुउद्देश्यीय, दुर्गा माश्रिता बचत तथा ऋण, सर्वोत्तम बहुउद्देश्यीय, सूर्यदेव बचत तथा ऋण, उषाकिरण बचत तथा ऋण, योजना बहुउद्देश्यीय र माउन्ट अपि बचत तथा ऋण सहकारी संस्थाले मर्जर सम्झौता गरेका हुन् ।

११ संस्था मर्जपछि सहकारीको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था रहने संस्थाको अध्यक्षमा नरेन्द्र बिष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने सम्झौतामा उल्लेख छ ।

मर्जपछि सदस्य ४१ हजार, कर्मचारी पाँच सय १०, सेयर पुँजी ५५ करोड ५० लाख, बचत पाँच अर्ब ६५ करोड, ऋण लगानी छ अर्ब २५ करोड पु्ग्ने बताइएको छ । सो अवसरमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागार्इं र जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङको उपस्थिति थियो । यसअघि पाँच सहकारीबीच मर्जर सम्झौता भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?