हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

Read Time = 1 min

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमाल आरोही पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । सोही क्रममा आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नुभएको छ । श्रेष्ठले आफ्नो आरोहण अभियान नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा निकै खुशी लागेको बताउनुभएको छ ।

गोरखा जिल्लाको मध्यम परिवारमा जन्मिनुभएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उहाँ पेशाले फोटो पत्रकारसमेत हुनुहुन्छ । उहाँले सगरमाथासहित नेपालका आठ हजार मिटरभन्दा माथि सातवटा हिमाल आरोहण गरिसक्नुभएको छ । अब बिनाअक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?