कामनाको डिजिटल विक

Read Time = 1 min

काठमाडौं । नगद छोडौं, डिजिटल रोजौं भन्ने नाराका साथ कामना सेवा विकास बैंकले ग्राहकलाई डिजिटल माध्यममार्फत् सहज र सरलरूपमा भुक्तानी प्रोत्साहित गर्न आइतबारदेखि आगामी शुक्रबारसम्म केएस डिजिटल विक सञ्चालन गर्ने भएको छ ।

योजनाअन्तर्गत कामना सेवा विकास बैंकका क्युआर मर्चेन्टरले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० वा १५ प्रतिशत बोनसबापत कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत् प्राप्त गर्न सक्ने बताइएको छ ।

साथै बैंकका ग्राहकले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । आइएमई पे तथा खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिंक गरी सय रुपैयाँसम्मको क्यासब्याकलगायत थुप्रै आकर्षक उपहार पनि प्राप्त गर्न सकिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?