नबिल र दराजबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । महान् चाड दशैंलाई ध्यानमा राखी भदौ २९ गतेदेखि दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकलाई आकर्षक छुटको व्यवस्था गरिएको छ ।

अफर अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा दुई हजारसम्म छुट र क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २५ सयसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । दराज दशैं धमाका २०७९ का लागि नबिलतर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजतर्फबाट अरुण फुयालले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?