काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ । शनिबार ललितपुरमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ असारसम्मको संस्थाको आर्थिक गतिविधि लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरेको हो ।
चुक्ता पुँजी तीन करोड ३७ लाख ३९ हजार रहेको संस्थाले आव ०७८/०७९ मा एक करोड चार लाख ३८ हजार पाँच सय सात रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिलो आव २०७७/०७८ मा यस्तो नाफा ८३ लाख ५६ हजार छ सय १५ रुपैयाँ थियो । कार्यक्रममा ललितपुर महानगरपालिका सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले सहकारी ऐन मर्यादितरूपमा कार्यान्वयन गर्न सबै सहकारीलाई आग्रह गर्दै साउन १९ गतेदेखि महानगरपालिकाले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशतभन्दा बढी व्याज नलिन आग्रह गर्नुभयो ।
साधारणसभामा सञ्चालक समितिका अध्यक्ष प्रविण सुवेदी, कोषाध्यक्ष रञ्जितकुमार पोदार, उपाध्यक्ष समिर महर्जन, लेखासमितिका संयोजक नवराज भुसाललगायतले संस्थाको आर्थिक गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका