ग्लोबल र भण्डारा दुग्ध सहकारीबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जासम्बन्धी सम्झौता भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउन भएको सम्झौतापत्रमा बैंकतर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा सहकारीतर्फबाट अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले भण्डारालगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा भैंसीपालन गरी दूध तथा दुग्धजन्य वस्तु उत्पादन गर्ने कृषकलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने सहकारीले बैंकको सिफारिसमा साना किसानलाई आवश्यक तालिम व्यवस्था गर्नेछ ।

सो अवसरमा ग्लोबल आइएमई बैंकले स्थानीय किसानलाई डिजिटल बैंकिङ सेवाको मूल प्रभावमा जोड्न वित्तीय साक्षरतासम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो भने कार्यक्रममा तीन सय बढी स्थानीयको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?