Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

नियमविपरीत सञ्चालित मेडिकल सिलबन्दी

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

डम्बर बोहरा/हिटा
बैतडी । बैतडीमा जिल्ला प्रशासन कार्यालयसहितको संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन सुरु गरेको छ । चाडपर्व नजिकिएसँगै कालोबजारी बढ्न सक्ने भन्दै संयुक्त बजार अनुगमन टोलीले विभिन्न प्रमुख एवं ग्रामीण क्षेत्रमा रहेका बजार अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।

स्थानीयस्तरको बजार अनुगमन अधिकार पालिकाहरूको भए पनि उनीहरूले चासो देखाएका छैनन् । दशरथचन्द नगरपालिका, पुर्चाैडी नगरपालिका, सुर्नया, सिगास र दोगाडाकेदार गाउँपालिकाभित्रका प्रमुख बजार र ग्रामीण क्षेत्रमा रहेका बजारमा रहेका पसलको अनुगमन गरिएको छ । देहीमाण्डौ, मुस्याचौर, खोच्लेक, सिल्लेगडा, फाटीगाडा, मोतिनगर, बाजपानी, ढोल्यामोड, पुर्चाैडी हाटबजारमा टोलीले अनुगमन गरेको हो । मुख्य बजारमा मात्रै अनुमन सीमित भएको गुनासो बढेपछि ग्रामीण पसलहरूमा पनि अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा एक लाख २८ हजार आठसय रुपैयाँ बराबरका म्याद नाघेका अखाद्य वस्तु नष्ट गरिएको सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । सबैभन्दा बढी पुर्चाैडीको हाटबजारबाट ४१ हजार बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ ।

त्यसैगरी म्याद नाघेका अखाद्य वस्तु बिक्री गर्ने १० जना व्यापारीलाई ९५ हजार जरिवाना गरिएको छ भने १२ व्यापारीलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । अधिकांश पसलमा म्याद नाघेका, लेबल नभएका अखाद्य वस्तु भेटिने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रविणकुमार अधिकारीले बताउनुभयो ।

यसैबीच नियमविपरीत सञ्चालित तीन मेडिकलमा जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ । मेडिकल अनुगमनका क्रममा नियमविपरीत सञ्चालनमा रहेका भेटिएकाले सिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ । चारवटा मेडिकल अनुगमनका क्रममा तीनवटा मेडिकलले सञ्चालन गर्न नपाउने क्लिनिक पनि सञ्चालन गरिएकोमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । दशरथचन्द नगरपालिका-१ मा रहेका प्रकाश मेडिकल हल र जयदुर्गे मेडिकल हलको क्लिनिक बन्द गरिएको हो । दशरथचन्द नगरपालिका-२ देहीमाण्डौमा रहेको निंगलाशैनी फार्मेसी एकजनाको नाममा दर्ता भएर अर्कैले सञ्चालन गरेको भेटिएकाले सिलबन्दी गरिएको प्रशासनले जनाएको छ ।

कतिपय मेडिकलले बिक्रीमा रोक लगाइएका औषधि पनि बिक्री गरेको प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिनुभयो । अहेब बस्ने मेडिकलहरूले क्लिनिक सञ्चालन गरेर बेड राखेको भेटिएकाले बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?