कांग्रेस नेता केसी अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी अस्वस्थ हुनुभएको छ । स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि आइतबार सोलुखुम्बुबाट उहाँलाई काठमाडौं ल्याइएको हो ।

आमाको निधनका कारण गाउँमै आश्वच बस्नुभएका केसीको स्वास्थ्यमा अचानक प्रतिकूलता देखिएको पारिवारिक स्रोतले जनाएको छ । उहाँलाई हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केसी आमा चन्द्र कुमारीको निधनको शोकमा हुनुहुन्छ । उहाँ सुगर र प्रेसरको बिरामी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?