डम्मर बुढा मगर/हिटा
बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व-जनप्रतिनिधिसहित पाँच जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुंगा, गिट्टी तथा बालुवा बिक्रीबापत बागलुङ नगरपालिकालाई हानि नोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुनबमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै पूर्व नगर-प्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार गण्डकी प्रदेशले तोकेको दरभन्दा कम कर संकलन गरी नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ हानि नोक्सानी पुर्याई भ्रष्टाचार जन्य कार्य गरेको पुष्टि हुन आएकाले पूर्व-जनप्रतिनिधि र कर्मचारहरूलाई विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
पूर्व-जनप्रतिनिधि कर्मचारीहरूलाई हानि नोक्सानी पुर्याएको रकमको दोब्बर ३४ लाख ८० हजार १३२ जनप्रतिनिधि र कर्मचारीलाई प्रतिव्यक्ति बिगो दाबी गरी मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको