प्रहरी र डाँकाबीच दोहोरो फायरिङ

हिमालय टाइम्स
Read Time = 2 mins

संजीवकुमार मिश्रा/हिटा
बारा । बारामा शनिबार राति प्रहरी र डाँकाबीच दोहोरो फायरिङ भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच करिब साढे १२ बजे भिडन्त भएको हो ।

उद्योगमा डकैती गर्न डाँकाहरूको समूह आएको सूचना पाएपछि वरिष्ठ प्रहरी नायव निरीक्षक कमलबहादुर शाही नेतृत्वको प्रहरी टोलीसँग डाँकाहरूको भिडन्त भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी गराउनुभयो । डाँकाहरूको समूहबाट एक राउण्ड र प्रहरीको तर्फबाट तीन राउण्ड गोली चलेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

डाँकाहरूको रड प्रहारबाट वरिष्ठ प्रहरी नायव निरीक्षक शाहीको टाउकोमा चोट लागेको छ । उहाँको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो । ११ जना डाँकाहरूको समूहले एरोटेक प्रालिमा डकैती गर्न गएको अनुसन्धानबाट खुलेको प्रउ बोगटीले बताउनुभयो ।

डकैती गर्न आएकाहरू मध्ये जितपुर सिमरा उमपहानगरपालिका-९ का ३५ वर्षीय जयराम पासवान र जितपुर सिमरा उपमहानगरपालिका १० का ४० वर्षीय जवाहिर महतोलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरूको साथबाट तीन राउण्ड गोली, एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोल बरामद गरिएको उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?