उदयपुरमा जंगली हात्ती मृत फेला

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

उदयपुर । सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ ।

उदयपुरको बेलका नगरपालिका-८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको थियो ।

डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार आइतबार राति नै स्थानीयहरूले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिएको बताउनुभयो ।

जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टरसहित कोशी टप्पु बन्य जन्तु आरक्षका प्रतिनिधिहरू सहित पोस्टमार्टममा पुगेका थिए ।

उहाँले भन्नुभयो, ‘त्यही क्षेत्रमा घुमी रहने जंगली हात्ती केहि दिन अघि नै मृत्यु हुन सक्ने अनुमान गरिएको थियो । हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टम सहित अनुसन्धान अघि बढाएकाछौँ । मृत्युको कारण पोस्टमार्टमको रिपोर्ट नआइकन भन्न सकिँदैन ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?