बैंकहरूमा पुँजीको चरम अभाव, लगानी खुम्चिने

केशव आचार्य
Read Time = 10 mins

पछिल्ला दिनहरूमा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव चर्किदै गएको छ । सञ्चालनमा रहेका कूल वाणिज्य बैंकहरूमध्ये एक दर्जन बैंकको कर्जा प्रवाह क्षमता निक्कै कसिलो छ । जसमध्ये तीन वटा बैंकले त सीमा नै नाघेर कर्जा प्रवाह गरेका छन् । यिनीहरूसँग प्रवाहित कर्जा घटाउनु बाहेकको विकल्प नै छैन ।

बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले विसं. २०७९ असारदेखि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ९० प्रतिशतको सीमा पार गर्नेलाई कारबाही गर्ने बताएको छ । कारबाहीमा पर्ने विषय थाहा हुँदा हुँदै पनि सेञ्चुरी, नबिल र नेपाल बैंकको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ले ९० प्रतिशतको सीमा नाघेको छ । साउन मसान्तमा सेञ्चुरी बैंकको सिडी रेसियो ९१.६३ प्रतिशत, नबिल र नेपाल बैंकको ९०.९२ प्रतिशत पुगेको छ । यसले यी तीन बैंकलाई कारबाहीको भागिदार बनाएको छ ।

सिडी रेसियोमा मासिक औसत सीमा क्रस गरेमा हर्जना लगाउने व्यवस्था भएकाले यसलाई लागू गरिने राष्ट्र बैंक स्रोत बताउँछ । किनभने राष्ट्र बैंक ऐन २०५८ को दफा ९९ बमोजिम मासिक औसत सिडी रेसियोको सीमा नाघ्यो भने हर्जना लगाउने व्यवस्था छ । यसअनुसार राष्ट्र बैंकको एकीकृत निर्देशन नम्बर ५ मा भनिएको छ, कर्जा–निक्षेप अनुपातको अनुगमन दैनिक रूपमा गरिनेछ । मासिक औसत आधारमा त्यस प्रकारको अनुपात नाघेमा सम्बन्धित सुपरिवेक्षण विभागमार्फत हर्जना लगाइनेछ ।

सिडी रेसियोमा मासिक औसत सीमा क्रस गरेमा हर्जना लगाउने व्यवस्था भएकाले यसलाई लागू गरिने राष्ट्र बैंक स्रोत बताउँछ । किनभने राष्ट्र बैंक ऐन २०५८ को दफा ९९ बमोजिम मासिक औसत सिडी रेसियोको सीमा नाघ्यो भने हर्जना लगाउने व्यवस्था छ ।

साउन मसान्तसम्ममा बैंकिङ प्रणालीबाट १ खर्ब ८ अर्ब रुपैयाँ बाहिरिएको छ । असारसम्ममा बैंकसँग कूल ४५ खर्ब ४१ अर्ब रुपैयाँबराबरको निक्षेप थियो । बैंकहरूले तोकिएको सीमा नघाएपछि समस्या हुने भएकाले अब क्षमता कसिलो बन्दै जान्छ । यसले कर्जालाई निरुत्साहित गर्दै लैजान्छ । बैंक तथा वित्तीय संस्थाहरू केन्द्रीय बैंकको नियमनभित्र बस्नुपर्ने, नीतिगत व्यवस्था पालना गर्नुपर्ने, सिडी रेसियो सीमाभित्र राख्नुपर्ने, बैंकहरू आफ्नो कार्यक्षेत्र, पोर्टफोलियोमा व्यवस्थित तरिकाले बस्नुपर्ने जस्ता विषयमा नेपाल राष्ट्र बैंकले तागेता गरिरहेको छ । यिनै सूचकहरूमा आउने उतार चढापले अर्थतन्त्रमा समस्या आउन सक्ने राष्ट्र बैंक स्रोतको दावी छ ।

राष्ट्र बैंकको नीतिगत व्यवस्था अनुसार बैंकहरू कारबाहीको भागीदार हुन सक्ने बैंकहरूको सुपरिवेक्षण विभागले भनिरहेको छ । बैंकर्स संघले निकालेको तथ्यांकमा तीन बैंकको सीमा नाघेको देखियो तर, विभागले पनि गणना गरेर हेर्छ । यसमा सीमा नाघेको देखिएमा नियमअनुसार हर्जना तिर्नुपर्ने विभाग बताउँछ । एकातिर बैंकमा कर्जाको माग खासै घटेको छैन भने अर्कोतर्फ बैंकहरूले गर्ने लगानीले कर्जा निक्षेप (सिडी रेसियो) अनुपात झन् कसिलो बन्दैगएको छ । संघका अनुसार साउन ३१ गतेसम्ममा उक्त रेसियो औसत ८८.०७ प्रतिशत पुगेको छ । जहाँ कि नेपाल राष्ट्र बैंकले असार मसान्तपछि सिडी रेसियो ९० प्रतिशत हुनै पर्ने व्यवस्था गरेको थियो ।

बैंकहरूले गत आर्थिक वर्षभरि तरलता अभाव खेपेका थिए । यसकारण गत आर्थिक वर्ष सञ्चालनमा रहेका प्रायः सबै वाणिज्य बैंकहरूको कर्जा निक्षेप (सिडी रेसियो) कसिलो थियो । यस वर्ष पनि अवस्था त्यस्तै आउन सक्ने संकेत देखिँदै गएको छ । अहिले १ दर्जन बैंकको कर्जा क्षमता कसिलो देखिएको छ । क्षमता कसिलो भएकाले कर्जालाई निरुत्साहित गर्नुपर्ने केन्द्रीय बैंकको भनाइ छ । बैंकले यसलाई व्यवस्थापन गर्न निरन्तर अभ्यास गरिरहेको छ ।

बैंकर्स संघले भर्खरै सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा सिडी रेसियो ९० प्रतिशत कटाएका ३ बैंकबाहेक ८ बैंकको कर्जा क्षमता एकदम कम छ । जसमा ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एन्ड कमर्स, बैंक अफ काठमाडौं, हिमालयन, कृषि विकास बैंक, कुमारी र प्राइम बैंक रहेका छन् । यी बैंकको सिडी रेसियो ८९-९० प्रतिशतको बीचमा रहेको छ । यी बैंकलाई थप कर्जा प्रवाहमा चुनौती देखिएको संघको तथ्यांकले देखाएको छ । यसबाहेक मेगा, सिद्धार्थ र सनराइज बैंकको सिडी रेसियो ८८-८७ प्रतिशत छ ।

बैंकहरूले गत आर्थिक वर्षभरि तरलता अभाव खेपेका थिए । यसकारण गत आर्थिक वर्ष सञ्चालनमा रहेका प्रायः सबै वाणिज्य बैंकहरूको कर्जा निक्षेप (सिडी रेसियो) कसिलो थियो । यस वर्ष पनि अवस्था त्यस्तै आउन सक्ने संकेत देखिँदै गएको छ ।

यसपछि सिटिजन्स, एनएमबी, सिभिलको सिडी रेसियो ८७-८८ प्रतिशत छ । यसबाहेकका ९ वटा बैंकको भने ८७ प्रतिशतदेखि ८२ प्रतिशतसम्म रहेकाले तरलता केही खुकुलो छ । यद्यपि प्रभु बैंकको भने ८२.८८ प्रतिशत सिडी रेसियो भएकाले खुकुलो अवस्थामा रहेको छ । वाणिज्य बैंकहरूबाट साउन मसान्तसम्म कूल ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । गत जेठसम्ममा कूल कर्जा ४१ खर्ब ९३ अर्ब रुपैयाँ प्रवाह भएकोमा १८ अर्ब रुपैयाँले घटेको संघले बताएको छ । बैंकको मुख्य स्रोत संकलन घट्दै गएकाले थप कर्जा प्रवाह पनि कसिलो बन्दै गएको बैंकरहरू बताउँछन् ।

साउन ३१ गतेसम्ममा बैंकिङ प्रणालीबाट १ खर्ब ८ अर्ब रुपैयाँ बाहिरिएको छ । असारसम्ममा बैंकसँग कूल ४५ खर्ब ४१ अर्ब रुपैयाँबराबरको निक्षेप थियो । साउन लागेसँगै प्रत्येक साता बैंकबाट अर्बौं रुपैयाँ निक्षेप घट्दै गएर ४४ खर्ब ३३ अर्ब रूपैयाँमा सिमित भएको छ । साउनको पहिलो सातामात्रै ६४ खर्ब रूपैयाँले निक्षेप घट्दै पाँचौं साता १ खर्ब ८ अर्ब रुपैयाँले निक्षेप संकलन ऋणात्मक भएको नेपाल बैंकर्स संघले बताएको छ । यसअघि जेठसम्ममा ४४ खर्ब रुपैयाँमात्रै निक्षेप थियो । यसको तुलनामा असारमा १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीमा थपिएको थियो ।

तर, चालु आर्थिक वर्ष सुरु भएपछि बैंकको पैसा कहाँ गयो भन्नेमा बैंकरहरू पनि अचम्ममा परेका छन् । हरेका दिन बैंकमा निक्षेप घट्दै जाँदा संकट पैदा हुन लागेको छ । कर्जा प्रवाहको मुख्य आधार नै निक्षेप भएकोले यसको कमीले संकट सिर्जना हुन्छ । बैंकमा लगानीयोग्य पुँजी अभाव हुँदै जाँदा आवश्यक लगानी हुन सक्दैन । लगानी अभावमा उत्पादनमा कटौती, रोजगारीमा कमी तथा आयमा हुनजाने कमीले उपभोगलाई न्यून बनाइदिन्छ । यसकारण आर्थिक क्रियाकलापहरू खुम्चिन पुग्छन् । अर्थतन्त्र साँधुरो बन्दै जान्छ । (आचार्य अर्थशास्त्रका लेक्चरर हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?