क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, १५ जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

ओटावा । क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहार घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ ।

प्रहरीले ३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको आशंका गरेको छ ।

घटनाका दुवै शंकास्पद आरोपी फरार रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्त हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको प्रहरीले बताएको छ।

पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?