पाकिस्तानका बाढी प्रभावितहरूमा देखिन थाल्यो स्वास्थ्य समस्या

हिमालय टाइम्स
Read Time = 2 mins

लाहोर । पाकिस्तानमा बाढी प्रभावितहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ । बाढीबाट प्रभावित सिन्ध प्रान्तका नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको हो । त्यहाँ गर्भवतीहरू बढी प्रभावित भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढीपछि ४७ हजारभन्दा धेरै गर्भवती आश्रय शिविरमा बस्न बाध्य छन् । सिन्ध प्रान्तका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढी पछि लाखौँ मानिस विभिन्न रोगबाट ग्रसित भएको बताउनुभयो ।

यो प्रान्तमा १ लाख ३४ हजारभन्दा धेरैमा झाडापखाला र ४४ हजार जनामा मलेरिया देखिएको उहाँको भनाइ छ । बाढी पीडितमध्ये अहिलेसम्म एक लाखभन्दा धेरै जना चर्मरोगबाट पीडित छन् भने एक सयभन्दा बढी सर्पदंश र पाँच सयभन्दा बढी कुकुरको टोकाइबाट पीडित भएका स्थानीय सञ्चारमाध्यले जनाएका छन् ।

पाकिस्तानमा आएको बाढीले झण्डै तीन करोड ३० लाख मानिसलाई असर गरेको छ भने दशौँ हजार विस्थापित भएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?