भारतीय सेनाध्यक्षलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ ।

राष्ट्रपति भवनमा आयोजना गरिने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गनै लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ । आजै राति प्रधानसेनापति प्रभुराम शर्माले पाण्डेको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नुहुने छ ।

नेपाल र भारतबीच सन् १९५१ देखि एक/अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रही आएको छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।

विसं २०२६ मा तत्कालीन नेपाली सेनाका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको पदवी पाउनुभएको थियो । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी ग्रहण गरिसकेका छन् । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् ।

उहाँ प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच दिवसीय भ्रमणका लागि नेपाल आउनुभएको हो । भ्रमणमा उहाँकी पत्नी अर्चना पाण्डे पनि सहभागी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?