केन्यालाई क्लिन स्विप गर्ने योजनासहित मैदानमा उत्रँदै नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीविरूद्ध तेस्रो एक दिवसीय क्रिकेट खेलमा प्रतिस्पर्धा गर्दैछ ।

केन्याको नैरोबिस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार सोमबार दिउँसो पौने १ बजे क्रिकेट खेल सुरू हुने भएको हो । सोमबारको खेल जित्दै नेपाल एक दिवसीय क्रिकेट श्रृंखलामा क्लिन स्विप गर्ने योजना बनाएको छ ।

तीन खेलको श्रृंखलामा नेपाल २-० ले अघि रहेको छ । श्रृंखलाको पहिलो एक दिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एक दिवसीय खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।

अनौपचारिक एक दिवसीय श्रृंखला अघि नेपालले केन्यालाई ५ खेलको टि-२० श्रृंखलामा ३-२ ले पराजित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?