सुनको मूल्य तोलामा एक सय बढ्यो

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?