विभिन्न स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं, कास्की, मोरङ र धादिङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट ८ सय ग्राम गाँजा र नगद २० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं जडिबुटी बस्ने ३३ वर्षीय अविनाश राज भण्डारी लगायत छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजा र नगद सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-१० अम्मरसिंह चोकबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका-१ बस्ने ३१ वर्षीय नगेन्द्र थापा लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नुर्फिन

५६ एम्पुल, डाईजेपाम ५६ एम्पुल र फेनारगन ५६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट बागलुङतर्फ जाँदै गरेको ना.८ ख ९२५१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट १ ग्राम ६१ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ३४ वर्षीय सन्तक कुमार खड्का छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको थाक्रे गाउँपालिका-२ ढाडेबाट १० केजी चरेशसहित सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?