अर्घाखाँचीबाट रायमाझीको नाम सर्वसम्मत सिफारिस

Read Time = 1 min

श्याम घिमिरे
अर्घाखाँची । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) अर्घाखाँचीले पूर्व उपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो ।

यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनि प्रदेशसभा सदस्य चेतनारायण आचार्य र प्रदेश सभा ‘ख’ मा पार्टीका लुम्बिनि प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनि प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेलाई पार्टीले सर्बसम्मत रुपमा सिफारिस गरेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?