स्कोलर्स होम क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्कोलर्स होम चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्कोलर्स होमले संस्कृतिलाई ३७-३४ ले पराजित गर्‍यो । स्कोलर्स होमका एलेन छन्त्यालले १५ अंक जोड्नुभयो ।

सोही स्पर्धामा एन्जल्स हार्टले एचएचसिएलाई ३८-३७, लोयल्टीले तिरूपतिलाई ४९-२६, रेडिअन्टले प्राण्जलीलाई ३८-१७, रिलायन्सले एपेक्स लाइफलाई ३९-२२ र भ्याली पब्लिकले लक्ष्मीपुरलाई ३२-२२ ले हराए । एचएचसिएका रिजन गुरुङले २४, लोयल्टीका निङमा शेर्पाले २४, रेडिअन्टका सागर लामिछानेले १४, रिलायन्सका कुन्साङ शेर्पाले १२ र भ्याली पब्लिकका ईश्वर घलेले ८ स्कोर गर्नुभयो ।

सिनियर ब्वाइजकै अन्य प्रतिस्पर्धामा किङडमले विन्डी हाउसलाई ६४-३९ तथा ग्रिनल्याण्डले फ्लोरोसेन्टलाई ५६-२३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । किङडमका विष्णु तामाङले १२ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?