काठमडौं । निशा घिमिरे स्मृति पुरस्कार र सम्मान अर्पण गरिएको छ । सोमबार राजधानीमा एक विशेष समारोहबीच निशा घिमिरे स्मृतिकोषले दिवंगत मोडल तथा अभिनेत्री निशा घिमिरेको नाममा स्थापित ‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री कोरियोग्राफर तथा मोडल पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई अर्पण गरेको हो । पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।
निशा घिमिरे स्मृति कोषका संयोजक दुर्गानाथ दाहालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई निशा घिमिरेको उपचारार्थ सहयोग र व्यवस्थापन गर्नु भएकोमा सम्मान गरिएको थियो ।
कोषका सदस्यसचिव मोहन निरौलाले स्वागत भाषण गर्नुभएको सो समारोहमा कला, सञ्चार र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा हालै दिवंगत हुनुभएका ड्रेस डिजाइनर उद्धव भट्टराईको संझनामा एक मिनेट मौन धारण गरिएको थियो । यस्तै, कोषका सदस्यसचिव निरौलाले भट्टराईको परिवारलाई कोषवाट १० हजार सहयोग प्रदान गरिने घोषणा गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका