सेयर बजार बढेन

Read Time = 2 mins

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । यस दिन नेप्से ४.२९ अंक घटेर १९७३.०१ अंकमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ०.८२ अंक घटेर ३८२.९५ अंकमा झरेको छ । कारोबार रकमसमेत घटेर ९० करोड ९९ लाख चार हजार सात सय ५१ रुपैयाँमा झरेको छ । अघिल्लो दिन एक अर्ब सात करोड १६ लाखको कारोबार भएको थियो । सोमबार दुई सय २४ कम्पनीका २४ लाख ४४ हजार तीन सय ४४ कित्ता सेयर कारोबार भएका छन् ।

मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशत बढेर ४९३.३० रुपैयाँ पुगेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्स ३.९३ प्रतिशत र रिडी पावरको सेयरमूल्य ३२३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अपर सोलु, ग्रिन भेञ्चर र साहस ऊर्जा कम्पनीको सेयरमूल्य दुई प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबारमा आएकामध्ये रुरु जलविद्युत् परियोजनाको सेयरमूल्य सर्वाधिक ६.५५ प्रतिशत घटेर ९२० रुपैयाँमा झरेको छ भने आशा लघुवित्त ३.६६, हिमालयन एभरेष्ट इन्स्योरेन्स संस्थापक ३.५३ र जोशी हाइड्रोपावरको ३.०४ प्रतिशतले घटेको छ । रिडी पावरको सबैभन्दा धेरै नौ करोड ९७ लाखको कारोबार भएको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्स चार करोड ५९ लाख, नबिल बैंक चार करोड ५६ लाख, नेष्डो समृद्ध लघुवित्त दुई करोड ६५ लाख र नेपाल टेलिकमको दुई करोड २३ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?