पर्यटन मन्त्रीलाई कारबाही गर्न माग

Read Time = 2 mins

काठमाडौं । नेपाल श्रमिक आपूर्तिकर्ता संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ । संघले गत शुक्रबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा रहेको क्यानेडियन भिएफएसको भिसा सेन्टरमा भएको घटनाको विरोध गर्दै यस्तो माग गरेको हो ।

आवेदनका लागि बायोमेट्रिक दिन पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठलाई गरुड सेक्युरिटिजमार्फत् उक्त स्थानमा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङले मुख्य रोजगारदाताको निर्देशनअनुसार नै मन्त्रीलाई समेत लाइनमा बसी आफ्नो पालो पर्खिदिन आग्रह गर्दा विवाद भई मन्त्रीको उजुरीपछि सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणको जनाएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा गार्डको पेशागत काम, कर्तव्य र अधिकारलाई विश्वव्यापीरूपमै सम्मान र कदर गर्ने गरिन्छ । सुरक्षाजस्तो संवेदनशील विषयलाई नजरअन्दाज गरी गणतान्त्रिक मुलुकका मन्त्रीजस्तो उच्चपदस्थ व्यक्तित्वबाट यस्तो अशोभनीय विषयवस्तु उठान हुनुले सार्वभौम नेपाली जनताप्रति ठेस पुग्नु स्वाभाविक हो । यस खबरले श्रमिक आपूर्तिकर्ता र समग्र श्रमसँग आबद्ध हाम्रो संस्था मर्माहत र स्तब्ध भएको छ ।’ संघका अध्यक्ष रामेश्वर शाहले निर्देशनको पालना गरिरहेको एउटा कर्मशील श्रमिक (सुरक्षागार्ड) लाई आफ्नो कर्तव्यपालना गर्दागर्दै प्रहरी हिरासत पुर्‍याइनु दुर्भाग्यपूर्ण भन्दै संघ सो सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडित सुरक्षाकर्मीको रिहाइको माग गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?