काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत् देशका पाँच विभिन्न सरकारी कलेजमा बिजनेस इन्क्युवेसन सेन्टर स्थापना गर्ने परियोजनामा सहकार्य गर्न युथ स्किल ल्याबसँग सम्झौता गरेको छ । एक कार्यक्रमबीच ज्योति विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र युथ स्किल ल्याबका संस्थापक निर्देशक नन्दकिशोर मण्डलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
बिजनेस इन्क्युवेसन सेन्टरमा विद्यार्थीले निःशुल्करूपमा उद्यमशीलता तालिम, विकास र सञ्चालनमा सहयोगका साथै उद्यम सुचारु गर्न लगानीकर्तासँग सहकार्यको अवसर पनि प्राप्त गर्नेछन् । सहकार्यको साझेदार युथ स्किल ल्याबले कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नेछ । बैंकले संस्थागतरूपमै उद्यमशील वातावरण सिर्जना गरी उद्यमशीलता विकास गर्न, कलेजमा अध्ययनरत विद्यार्थीका नवीन विचारलाई अवधारणाबाट वास्तविक गति दिन तथा त्यस्ता विद्यार्थीलाई स्वरोजगार उन्मुख बनाई दीर्घकालीन लाभ सिर्जना गर्ने उद्देश्यसहित सहकार्य गरिएको जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका