एनआइसी एशियाको रेमिट्यान्स अफर

Read Time = 1 min

काठमाडौं । एनआइसी एशिया बैंकले बडादशैं, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको उपलक्ष्यमा मोबाइल बैंकिङ एपमार्फत् निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । मोबाइल बैंकिङ एप अर्थात् एनआइसी एशिया मो ब्यांकमार्फत् दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।

यो योजना कात्तिक १५ गतेसम्म लागू हुने बताइएको छ । योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा मोबाइल बैंकबाट रेमिट रकम सहजरूपमा दैनिक अधिकतम २५ हजारसम्म रकम पठाउन सकिने बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?