समृद्धि फाइनान्सको शाखा इटहरीमा पनि

Read Time = 1 min

इटहरी । समृद्धि फाइनान्सले आफ्नो छैटौं शाखा इटहरी शाखा कार्यालयको सोमबार उद्घाटन गरेको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंक प्रदेश १ कार्यालयकी प्रमुख मीना पाण्डे, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल, इटहरी उपमहानगर ६ का वडाध्यक्ष दिवश पोखरेललगायतको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफलगायतले बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?