सामसुङ ग्यालेक्सी ए १३

Read Time = 2 mins

काठमाडौंं । सामसुङले सामसुङ ग्यालेक्सी ए १३ लन्च गरेको छ । कम्पनीका अनुसार क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजका लागि स्पेस, हाई-रिजोल्युसन फोटोग्राफी, क्रिस्प डिस्प्लेलगायत ग्यालेक्सी ए १३ का मुख्य विशेषता रहेका छन् ।

कम्पनीका अनुसार क्वाड क्यामेराको माथिल्लो भागमा ५० एमपी मेन क्यामेरा रहेको छ, जसमा पाँच एमपी अल्ट्रावाइड र दुई एमपी डेप्थ र म्याक्रो सेन्सर रहेका छन् । साथै अगाडि आठ एपमी सेन्सर रहेको छ ।

कम्पनीका नेपालस्थित निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘ग्यालेक्सी ए १३ हाम्रो पोर्टफोलियोमा उत्कृष्ट थपिएको छ । यो यन्त्र युवा सिर्जनाकर्ताका लागि एकदमै उपयुक्त छ, जसले सामाजिक प्लेटफर्ममा सधैं आफ्नो र आफ्नो सीपबारेमा अभिव्यक्ति दिन्छन् । जस्तै ५० एमपी क्वाड क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीले प्रयोगकर्तालाई सामग्री सिर्जना गर्ने प्रयासमा पक्कै पनि फाइदा पुर्‍याउँछ ।’ ग्यालेक्सी ए १३ को सुरुवाती मूल्य २१ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?