युक्रेन युद्धः रुसले कब्जा गरेको क्षेत्रमा ‘जनमत संग्रह’ स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युक्रेनको दक्षिणी सहर खेर्सोनलाई रुसको भूभागमा गाभ्ने विषयमा हुने भनिएको तथाकथित जनमतसंग्रह स्थगित गरिएको छ ।

सामरिक दृष्टिकोणले महत्वपूर्ण तथा रुसी नियन्त्रणमा रहेको उक्त क्षेत्रमा सुरक्षाको कारण देखाउँदै तथाकथित जनमतसंग्रह स्थगित गरिएको हो ।

रुसद्वारा नियुक्त गरिएका खेर्सोनको प्रशासन प्रमुख किरिल स्ट्रेमोउसोभले सुरक्षा परिस्थितिको कारण जनमतसंग्रह रोकिएको पुष्टि गरेका छन् ।

रुसले जनमतसंग्रह गराउने योजना बनाइएका दक्षिणी क्षेत्रका खेर्सोन र जापोरिझ्यामा अहिले युक्रेनी सेनाले प्रत्याक्रमण सुरु गरेको छ ।

रुसी सरकारी टेलिभिजनमा बोल्दै स्ट्रेमोउसोभले खेर्सोनको एउटा प्रमुख पुल युक्रेनी आक्रमणमा परेको बताए । उनले गोलाबारुद प्रहार भएपछि एन्तोनोभोस्की पुल गम्भीर रूपमा क्षतिग्रस्त हुन पुगेको बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?