प्रकाश नेपाल/हिटा
इलाम । नेपालमा अल्पसंख्यक लेप्चा जातिको भाषा संस्कृतिको संरक्षणका लागि इलामको रोङ गाउँपालिकामा काम सुरु भएको छ । नेपालको इलाममा मात्रै बसोबास रहेको अल्पसंख्यक लेप्चा जातिको भाषा संस्कृति अध्ययनका लागि चिण्डेपानीलाई विकास गर्ने रोङ गाउँपालिकाको योजनाअनुसार पूर्वाधार निर्माणका कामसमेत हुँदै आएका छन् । रोङ गाउँपालिका-३ मा अवस्थित लाप्चा जातिको थाकथलो रहेको स्थल हो चिण्डेपानी ।
चिण्डेपानीमा लेप्चाहरूको कला, संस्कृति, रहनसहन, जीवनशैली र भाषा जिवन्त अवस्थामा रहेको छ । नेपालको इलाममा मात्रै बसोबास रहेको अल्पसंख्यक लेप्चा जातिको भाषा संस्कृति अध्ययनका लागि चिण्डेपानीलाई विकास गर्ने रोङ गाउँपालिकाको योजना छ । लेप्चा समुदायका बच्चादेखि वृद्धसम्मले यहाँ आफ्नो भाषाबाट कुराकानी गर्छन् ।
रोङ गाउँपालिका-३ को कुटीडाँडाबाट ५० मिटर उत्तर लागेपछि मेची राजमार्गबाट बायाँ ओरालो २० मिनेटको यात्रामा चिण्डेपानी पुग्न सकिन्छ । चिण्डेपानीको प्राकृतिक सुन्दरतामा कतै खोट लगाउने ठाउँ भेटिँदैन । चिण्डेपानी धार्मिक सांस्कृतिक हिसाबले अनुपम गन्तव्य मान्न सकिन्छ । अल्पसंख्यक लेप्चा समुदायको उद्गम थलो यस क्षेत्रमा लेप्चा कला संस्कृतिको संरक्षणका लागि अध्यापनसमेत रोङ गाउँपालिकाको पहलमा सुरु भएको वडा नं. ३ का वडाध्यक्ष मात्रिका बरालले बताउनुभयो ।
बरालका अनुसार चिण्डेपानीमा लेप्चा जातिको आस्थाको केन्द्र सय वर्षअगाडि निर्माण भएका मानेहरू रहेकाले यहाँ पुग्ने अध्ययनकर्मी र पर्यटकहरूले लेप्चा जातिको औपचारिक अध्ययन, संस्कृति र पुर्खाले प्रयोग गरेका सामग्रीहरूको अध्ययन गर्न पाइनेछ । चिण्डेपानीमा लेप्चा जातिको संस्कृति संरक्षणका लागि संग्रहालय निर्माणको काम पनि हुँदै आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको