पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

पाल्पा । पाल्पाको तिनाउ गाँउपालिका-३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान सवा ४ बजे पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।

पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।

पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ । यो क्षेत्रमा बर्खा लागे संगै पटक-पटक पहिरो खसेर सडक अबरुद्ध हुदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?