विदेशी मुद्राको विनिमय दरः युरोभन्दा अमेरिकी डलर महंगो

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार युरोपियन युरोभन्दा अमेरिकी डलर महंगो रहेको छ ।

अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको छ । पछिल्लो केही समययता युरो र डलरको भाउबीच उतारचढाव देखिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा र सिंगापुर डलर एकको खरिदमा ९० रुपैयाँ ७९ पैसा र बिक्री दर ९१ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी जापानी येन १० को खरिदमा ९ रुपैयाँ ०८ पैसा र बिक्रीमा ९ रुपैयाँ १२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?