टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा विक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाउने र टिकटक बनाउने भन्दै मोटरसाइकल मागेर फरार हुने गरेको, चोरी गरी ल्याएको मोटरसाइकलहरू सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ स्थित रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसपमा लगिदिने गरेको र मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?